आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

May 23, 2023 08:02 PM Merolagani



आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड(IGIPL)को प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्।

श्रेष्ठको नियुक्तिको लागि कम्पनीको संचालक समितिको वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियाे । कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरे ।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरियो ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।