सुनको मूल्यमा वृद्धि, चाँदी भने गिरावट

May 24, 2023 11:35 AM Merolagani



बुधबार सुनको मूल्य वृद्धि भएको छ । जेठ १० गते, सुन तोलामा ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यस दिन गिरावट भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको थियो ।

बुधबार चाँदीको भाउ भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।