सुनको मूल्यमा वृद्धि, चाँदी भने गिरावट

May 24, 2023 11:35 AM Merolagani



बुधबार सुनको मूल्य वृद्धि भएको छ । जेठ १० गते, सुन तोलामा ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यस दिन गिरावट भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको थियो ।

बुधबार चाँदीको भाउ भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।