‘विद्युतीय सवारीको अहिलेको कर घटाइयोस्,बढाउने चेस्टा गर्दै नगरियोस्’:सांसद सोविता गौतम

May 24, 2023 05:08 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै संसद गौतमले यस्तो बताएकी हुन । उनले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल भएको भन्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण समेत गराइन ।

उनले नीति तथा कार्यक्रममा विद्युतीय सवारीको प्रवर्द्धनको योजना स्पष्ट नरहेको समेत बताइन । ‘विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल हुँदै छ भन्ने कुरा गाँइगुँइ सुनिँदै छ ।

सरकारले सन् २०२५ सम्ममा नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत र सार्वजनिक सवारीको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । करको दर बढाउने हो भने यो सम्भव हुने छैन,’ उनले संसदमा बोल्दै भनिन् ।

उनले थपिन ‘अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि सके विद्युतीय सवारीको अहिलेको कर घटाइयोस् तर बढाउने चेस्टा गर्दै नगरियोस्’ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।