मानुषी लघुवित्तको साधारण सभा आव्हान

May 25, 2023 09:51 AM Merolagani



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBS) ले जेठ ३२ गते दिव्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सर्भिस प्रा.लि., लोकन्थली, भक्तपुरमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।