महिन्द्राका एक्सयूभी ७०० र ३०० अब इटहरीमा

May 25, 2023 12:29 PM Merolagani



सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३०० सार्वजनिक गरिएको छ।

क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एसयूभी– एक्सयूभी ७०० र एक्सयूभी ३०० खरिद गर्न सक्ने कम्पनीले बताएको छ। साथै यसका पार्टपुर्जाहरु पनि नयाँ शोरूममा उपलब्ध हुनेछन्।

नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गरे।


कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन कम्पनी केन्द्रीत रहेको बताए।

यस्तै अग्नि ग्रुप इटहरीका लागि बिक्रेता रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले इटहरी आसपास क्षेत्रका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त रहेको र यसबाट उपभोक्ताहरूलाई सन्तुष्टि मिल्ने अपेक्षा कम्पनीले गरेको छ।

आफ्नो पहिचानयुक्त एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्ने कम्पनीको विश्वास छ। नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रूपैयाँ रहेको कम्पनीले बताएको छ।

यी दुई गाडी कम्पनीले केहि महिना अघि नेपाली बजारमा सार्वजनिक गरेको थियो । 

 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।