साविकको सगरमाथा इन्स्योरेन्सको शेयर संरचना परिमार्जन हुने

May 25, 2023 01:15 PM Merolagani



साविकको सगरमाथा इन्स्योरेन्सको शेयर संरचना परिमार्जन हुने भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन हुने भएको हो ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको ७१ प्रतिशत संस्थापक शेयरलाई बैदेशिक लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत शेयर यथावत राखी नेपाली संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५१ प्रतिशत शेयरलाई ३१ प्रतिशत संस्थापक शेयर कायम गर्दा हुन आउने २० प्रतिशत संस्थापक शेयरलाई समानुपातिक रुपमा सर्वसाधारण शेयरमा परिमार्जन गर्ने भएको हो ।

त्यस पश्चात कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गर्न नचाहने शेयरधनीहरुले सात दिन भित्र कम्पनीको प्रधान कार्यलयमा जानकारी गराउन आग्रह गरिएको छ । उक्त अवधि समाप्ती पश्चात संस्थापक शेयर सर्वसाधारण समुहमा परिमार्जन हुने कम्पनीले जनाएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।