‘ए’ डिभिजन लिगः दशरथ रंगशालामा हुँदै दुई खेल

May 26, 2023 08:49 AM Merolagani



सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो लेगको आठौं चरण अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन्। यी दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

यस दिनको पहिलो खेल नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच हुनेछ। सो खेल दिउँसो २ बजे सुरु हुनेछ।

पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको छ भने खुमलटार २० खेलमा २१ अंक जोडेर अन्तिम स्थानमा रहेको छ।

त्यसैगरी, दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ।

हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ भने थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।