आइतबार ४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, २५ अर्बको नवीकरण गर्ने

May 26, 2023 01:14 PM Merolagani



सरकारले आन्तरिक ऋण उठाउन धमाधम ट्रेजरी विल्स विक्री गर्न थालेको छ। सरकारले केन्द्रिय बैंक मार्फत आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल्स जारी तथा नवीकरण गर्ने भएको हो।

कुल २९ अर्ब  १३ करोडमध्ये ९१ दिन अवधिको ४ अर्ब रुपैयाँकाे नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको छ भने बाँकी २५ अर्ब १३ करोड रुपैयाँ नवीकरण गर्न लागेको हो।

नवीकरण गर्न लागेको विल्समध्ये २८ दिने ४ अर्बको, ९१ दिनेको १३ अर्ब १३ करोडको, १८२ दिने ६ अर्ब र ३६४ दिने १२ अर्ब रुपैयाँको रहेको छ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने छ भने केन्द्रीय बैंकको इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्था,गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछन् ।

पछिल्लो समय राजस्व संकलनमा कमी आइरहेको बेला सरकारले स्राेत जुटाउन धमाधम आन्तरिक ऋण उठाइरहेको छ। अहिले सरकारले लक्ष्य राखे अनुसार बैदेशिक ऋण समेत लिन सकेको छैन।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।