खुकुरी प्रहार गरी युवतीको हत्या गरेपछि एक युवकले गरे आत्महत्याको प्रयास

May 26, 2023 01:12 PM Merolagani



सङ्खुवासभामा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ। शुक्रबार खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा युना दर्नालमाथि खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको हो ।

सभापोखरी गाउँपालिका–१ घर भएकी २१ वर्षीया युनाको सोही गाउँकै २३ वर्षीय नन्दराम गदालले हत्या गरेका हुन्। ती युवकले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरेपछि आत्महत्याको प्रयास गरेका थिए । उनले आफ्नै पेटमा खुकुरी हानेको प्रहरीले जनाएको छ । हाल उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनका अवस्था गम्भिर रहेको छ ।

युना खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। हिजो नन्दराम नेपाल प्रहरीको तीन महिनाको तालिम सकेर खाँदबारी फर्केका थिए । बिहीबार नन्दराम युनाकै डेरामा बसेको खुलेको छ ।

बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेपनि हालसम्म हत्याको कारण खुलिसकेको छैन ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।