खुकुरी प्रहार गरी युवतीको हत्या गरेपछि एक युवकले गरे आत्महत्याको प्रयास

May 26, 2023 01:12 PM Merolagani



सङ्खुवासभामा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ। शुक्रबार खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा युना दर्नालमाथि खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको हो ।

सभापोखरी गाउँपालिका–१ घर भएकी २१ वर्षीया युनाको सोही गाउँकै २३ वर्षीय नन्दराम गदालले हत्या गरेका हुन्। ती युवकले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरेपछि आत्महत्याको प्रयास गरेका थिए । उनले आफ्नै पेटमा खुकुरी हानेको प्रहरीले जनाएको छ । हाल उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनका अवस्था गम्भिर रहेको छ ।

युना खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। हिजो नन्दराम नेपाल प्रहरीको तीन महिनाको तालिम सकेर खाँदबारी फर्केका थिए । बिहीबार नन्दराम युनाकै डेरामा बसेको खुलेको छ ।

बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेपनि हालसम्म हत्याको कारण खुलिसकेको छैन ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।