पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएकाे भन्दै एमालेले गर्यो संसद अवरोध

May 26, 2023 01:08 PM Merolagani



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।

सत्तारूढ दलका साँसद लेखनाथ दाहालले पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद चल्न नदिएको हो ।

सांसद दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए ।

एमालेले यसको जवाफ सरकारले नदिएसम्म सदन चल्ने नदिने चेतावनी दिएको छ । यसै बिषयमा एमालका संसदले नाराबाजी गरेका छन् । सदन चल्न नदिएपछि २० मिनेटको लागि संसद बैठक स्थगित भएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।