अब जुन सुकै विषय अध्ययन गरेकाले पनि अध्यापन अनुमति पत्र पाउने

May 29, 2023 06:48 PM Merolagani



अब जुनसुकै विषय अध्ययन गरेकाले पनि अध्यापन अनुमति पत्र पाउने भएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अध्यापन अनुमति पत्रको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने बताएका छन् ।

यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाए पनि सरकारले सबै विषय अध्ययन गर्ने व्यक्तिले परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्न लागेकाे हाे ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भने,‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ ।’