२०० देखि ४०० सीसीसम्मका मोटरसाइकलको मुल्य घट्यो, कुन कुन बाइक कति सस्तिए ?

May 30, 2023 11:33 AM Merolagani



सरकारले मोटरसाइकलमा लाग्दै आएको कर घटाएपछि मोटरसाइकलको मुल्य घटेको छ । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको हो । जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागु हुन्छ ।

अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको अगामी बर्षको बजेटमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकल २० प्रतिशत अन्तःशुल्क घटाइएको छ । करको दरमा हेरफेर भएपछि २०० देखि २५० सीसी क्षमताका मोटरसाइकलको मुल्य घट्ने छ ।

जसमा बजाज एन २५०, पल्सर २२०, यामाहा २५०, केटिएम ड्यूक, बेनेली लगायत अधिकांश कम्पनीको मोटरसाइकलको मुल्य घट्ने छ ।

२५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाउँदै आएको सडक निर्माण दस्तुर ३० हजारले घटेको छ । ९० प्रतिशत अन्तःशुल्क लाग्दै आएको अन्तशुल्क घटाएर ६० प्रतिशत कायम गरिएपछि यी सेग्मेन्टका मोटरसाइकलको मूल्य घट्ने भएको हो ।

त्यसैगरी ठूला सीसीका मोटरसाइकलमा पनि कर घटेपछि रोयल इनफिल्ड, केटीएम, हस्कभर्ना, जावा, होन्डाको हाइनेस ३५० लगायतका मोटरसाइकलको मुल्य घट्ने भएको छ ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।