२०० देखि ४०० सीसीसम्मका मोटरसाइकलको मुल्य घट्यो, कुन कुन बाइक कति सस्तिए ?

May 30, 2023 11:33 AM Merolagani



सरकारले मोटरसाइकलमा लाग्दै आएको कर घटाएपछि मोटरसाइकलको मुल्य घटेको छ । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको हो । जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागु हुन्छ ।

अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको अगामी बर्षको बजेटमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकल २० प्रतिशत अन्तःशुल्क घटाइएको छ । करको दरमा हेरफेर भएपछि २०० देखि २५० सीसी क्षमताका मोटरसाइकलको मुल्य घट्ने छ ।

जसमा बजाज एन २५०, पल्सर २२०, यामाहा २५०, केटिएम ड्यूक, बेनेली लगायत अधिकांश कम्पनीको मोटरसाइकलको मुल्य घट्ने छ ।

२५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाउँदै आएको सडक निर्माण दस्तुर ३० हजारले घटेको छ । ९० प्रतिशत अन्तःशुल्क लाग्दै आएको अन्तशुल्क घटाएर ६० प्रतिशत कायम गरिएपछि यी सेग्मेन्टका मोटरसाइकलको मूल्य घट्ने भएको हो ।

त्यसैगरी ठूला सीसीका मोटरसाइकलमा पनि कर घटेपछि रोयल इनफिल्ड, केटीएम, हस्कभर्ना, जावा, होन्डाको हाइनेस ३५० लगायतका मोटरसाइकलको मुल्य घट्ने भएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।