शेयर बजारप्रति सकारात्मक छौं, बजार बिगार्ने हाम्रो कुनै नियत छैनःअर्थमन्त्री महत

May 30, 2023 03:10 PM Merolagani



अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजार प्रति सकारात्मक रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटका बारेमा आज मंगलबार जानकारी दिन आयोजन गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

‘शेयर बजारप्रति हामी सकारात्मक छौं, बजार बिगार्ने कुनै नियत छैन,’ उनले पत्रकार सम्मेलनमा भने । अर्थमन्त्री महतले हिजो आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका थिए । बजेटमा शेयर बजारलाई उत्थान गर्ने कार्यक्रम नल्याएपछि बजार उच्च अंकले घटेपछि अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।