एलन मस्क पुनः बने विश्वका सर्वाधिक धनी व्यक्ति

Jun 01, 2023 09:55 AM Merolagani



एलन मस्क पुन विश्वका सर्वाधिक धनी व्यक्ति भनेका छन्। उनले फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै सो स्थान हासिल गरेका हुन्।

पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढेको छ। जसका कारण मस्कको नेटवर्थमा वृद्धि देखिएको छ। अर्कोतर्फ बर्नार्ड आर्नल्टको सम्पत्तीमा भने पछिल्लो समय घटेको छ।

३१ मे, २०२३ मा मस्कको कुल सम्पत्ती १.९८ बिलियन डलर बढेको छ। सो वृद्धिपछि मस्कको सम्पत्ती १९२ बिलियन डलर पुगेको छ। सो दिन बर्नार्ड आर्नल्टको सम्पत्ती ५.२५ बिलियन डलर घटेर १८७ बिलियन डलरमा झरेको छ।

मे महिना मस्कका लागि राम्रो साबित भएको छ। सो महिनामा उनको सम्पत्ती २९ बिलियन डलर बढेको छ। मेको सुरुवातमा उनको सम्पत्ती १६३ बिलियन डलर थियो जबकी मे महिनाको अन्त्यमा १९२ बिलियन डलर पुगेको छ। त्यस्तै, सन् २०२३ को पहिलो ५ महिनासम्ममा मस्कको सम्पत्ती ५५.३ बिलियन डलर बढेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।