बैदेशिक रोजगार बीमालेखबाट करिब ३ अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीबाट कति?

Jun 01, 2023 02:54 PM Merolagani



चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख बिक्री गरेर २ अर्ब ७१ करोड २३ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले १५ लाख २३ हजार २६८ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गरेको सन नेपाल लाइफले ९५ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७ लाख २६ हजार ६२९ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस्तै सूर्यज्योति लाइफले २ लाख ८० हजार ६३४ वटा बीमालेख जारी गरी ३७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा आइएमई लाइफले ३६ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफले ३४ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड ४५ लाख रुपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यसैगरी सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ र नेशनल इन्स्योरेन्सले पनि बैदेशिक रोजगार बीमालेख बिक्री गरी १० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।

बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ५८ हजार ५०० वटा बीमालेख बिक्री गरी २३ करोड ३६ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।