एलिट क्यापिटलद्धारा रिलायबल लाइफको सेयर प्रत्याभूति

Jun 01, 2023 04:15 PM Merolagani



एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड(RNLIL)को सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) गरेको छ । बुधवार एलिट क्यापिटल र रिलायवल लाईफबीच यस सम्बन्धि सम्झौता भएको हो । 

एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो ।यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रूपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।

विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रूपैयाँ रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी २ अर्ब रूपैयाँ पुर्‍याउनका लागि ६० करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।