व्यवसाय बढाए लाभांश वितरण गर्न नपाउने अवस्थामा चार बैंक, कुन कुन बैंक छन् दबावमा?

Jun 02, 2023 04:52 PM Merolagani

पूँजीकोषको दबावले गर्दा केहि बैंकको व्यवसाय विस्तार रोक्नु पर्ने अवस्था आएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ४ बैंकको पूँजीकोष दबावमा रहेकोले व्यवसाय विस्तार रोक्नुपर्ने अवस्था आएको हो।

पछिल्लो समय तीब्र रुपमा व्यवसाय विस्तार गर्ने ४ वाणिज्य बैंकको प्राथमिक पूँजीकोष साढे ८ प्रतिशतकै हाराहारीमा झरेको छ। प्रभु बैंकको प्राथामीक पूँजीकोष अनुपात ८.६१ प्रतिशतमा झरेको छ भने सिद्धार्थ बैंकको ८.९५ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.७० प्रतिशत र एनआइसि एशिया बैंकको ८.८५ प्रतिशतमा झरेको छ।

अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्राथमिक पूँजीकोष ८.५ प्रतिशत र पुरक पूँजीकोष २.५ प्रतिशत गरी कुल ११ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसमा अहिले बैंकहरुको प्राथमिक पूँजी कोषमा भने दबाव बढ्दै गएको हो।

यसबाहेक पनि ७ बैंकको प्राथामीक पूँजीकोष १० प्रतिशतभन्दा कम छ। उनीहरुलाई पनि व्यवसाय विस्तारमा समस्या आउनसक्ने देखिन्छ।

पूँजीकोष सम्बन्धि विवरण बैंक तथा वित्तीय संस्थाले हरेक महिना राष्ट्र बैंकमा पठाउनु पर्ने हुन्छ। बैंकले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेमा सो आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण गर्न पाइदैन।

यसले गर्दा पनि आगामि वर्ष बैंकहरुलाई लाभांश वितरण गर्नको लागि पनि व्यवसाय विस्तार रोक्नुपर्ने अवस्था आएको छ।

केहि बैंकको पूँजीकोष विगत एक दुई वर्षदेखि नै दबावमा छ। एनआइसी एशिया बैंकले विगत दुई बर्षदेखि नै लाभांश वितरण गर्न पाएको छैन भने गत वर्ष लक्ष्मी बैंक र सनराइज बैंकले पनि शेयरधनीलाई लाभांश वितरण गर्न पाएनन्। यस वर्ष पनि बैंकहरुले व्यवसाय विस्तार बढाएमा पूँजीकोषमा दबाव बढ्ने र लाभांश वितरण गर्न नसक्ने अवस्था आउन सक्छ।

यसका साथै केन्द्रिय बैंकले पूँजीकोष नपुर्याउने बैंकलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली,२०७४ बमोजिम नयाँ शाखा खोल्न रोक लगाउने तथा बैंकका सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनको तलव भत्ता तथा सुविधा बृद्धिमा रोक लगाउन सक्ने छ। राष्ट्र बैंकको कारवाहीमा परिने डरले पनि धेरै बैंकले व्यवसाय विस्तार कम गर्नुपर्ने अवस्था छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।