रियलमीले नेपाली बजारमा ल्यायो नयाँ स्मार्टफोन, मूल्य कति ?

Jun 02, 2023 05:20 PM Merolagani



चिनियाँ कम्पनी रियलमीले नेपाली बजारमा दुई ओटा नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गरेको छ । कम्पनीले नार्जो एन ५३ र नार्जो एन ५५ स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।

रियलमीका अनुसार नार्जो एन ५३ स्मार्टफोन ’एन’ सिरिजको सबैभन्दा पातलो फोन हो । यो फोनमा ३३ वाटको फास्ट चार्जिङ फिचर छ भने ९० हर्ज रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले उपलब्ध छ ।

त्यस्तै नार्जो एन ५५मा पनि ३३ वाटको फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री उपलब्ध छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा पनि ९० हर्जको रिफ्रेसरेटसहितको फुल एचडी प्लस डिस्प्ले दिइएको छ ।

नेपाली बजारमा यो मोबाइलको मूल्य ए ५३ को १५९९९ (४÷६४) र (६÷१२८)को १८ हजार ९९९ तोकिएको छ ।

त्यस्तै एन ५५ फोन ४ जीबी -याम र ६४ जीबी इन्टर्नल स्टोरेजको मूल्य २० हजार ४९९ रुपैयाँ र ६ जीबी -याम र १२८ जीबी -याम भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ तोकिएको छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।