बार्षिक २० हजार मोटरसाइकल तयार गर्नेगरी रोयल इन्फिल्डले थाल्यो नेपालमै एसेम्बल उत्पादन, मूल्य सस्तो हुने

Jun 04, 2023 06:24 PM Merolagani

बार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्ने लक्ष्य सहित नेपालमै रोयल इन्फिल्ड मोटरसाइकलको उत्पादन सुरु भएको छ । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइलकको आधिकरीक वितरक त्रिवेणी समुह र रोयलइन्फिल्ड भारतको सहकार्यमा सो मोटरसाइलकको एसेम्बल उत्पादन सञ्चालनमा आएको हो ।

२५० सीसीदेखि ७५० सीसी मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगञ्जमा एसेम्बली युनिटको स्थापना गरेको हो ।

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ । नेपालमा बन्ने सीकेडी युनिट पाँचौँ हो । यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

रोयल इन्फिल्डका सीईओ बी गोविन्दराजनले नेपालमा सीकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई बधाई दिँदै कम्पनीको विश्वव्यापी महत्त्वाकाङ्क्षा बारे धारणा राखेका थिए ।

‘पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हामीले ठूलो सफलता पनि हासिल गरेका छौँ । रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम–खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ,’ उनले भने ।

 

कम्पनीले टाइमलेस क्लासिक ३५० नयाँ एवम् आकर्षक अवतारमा र एडीभी क्रसओभर स्क्र्याम ४११ हिजो मात्रै नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले रिटेल नेटवर्कलाई १८ बाट बढाउँदै आगामी वर्षमा ३५ पु¥याउने लक्ष्य रहेको कम्पनीको भनाइ छ । ३५ वटा रिटेल नेटवर्कहरु विभिन्न ३० सहरमा विस्तार गरिने कम्पनीले बताएको छ ।

प्रति वर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगञ्जमा एक लाख वर्ग फिटमा फैलिएको अत्याधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार गरिएको छ । एसेम्बल उत्पादन सहित नेपालमा बढ्दो माग पुरा गर्न सहज कम्पनीले जनाएको छ ।

तत्काल नेपाली बजारका लागि सार्वजनिक गरिएका नयाँ क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुने कम्पनीको भनाई छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।