आगामी आर्थिक बर्षको बजेट मार्फत अर्थमन्त्री डा. रामशरण महतले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत अन्तःशुल्क घटाइएका थिए ।
त्यस्तै २५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाउँदै आएको सडक निर्माण दस्तुर ३० हजारले घट्यो भने ९० प्रतिशत लाग्दै आएको अन्तःशुल्क घटाएर ६० प्रतिशत कायम गरिएपछि मोटरसाइकल कम्पनीहरुकाे मूल्य धमाधम घट्दै छ ।
युवामाझ लोकप्रिय क्रसफायरले नेपालमा बिक्री गर्दै आएकाे तीन मोडलको मुल्य घटाएको छ । जसमा क्रसफायर एचजे २५० को मुल्य ७१ हजार रुपैयाँले घटेको कम्पनीले जनाएको छ ।
एचजे मोडल बजेट पहिले सात लाख ७० हजारमा बिक्री हुँदै आएको थियो । बजेटमा कर घटेपछि अहिले ६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै क्रसफायर आरएम २५० यस अघि ८ लाख ८८ हजारमा बिक्री हुँदै आएको थियो । अहिले मुल्य घटेर ८ लाख ४३ हजार तोकिएको छ ।
त्यसैगरी, कम्पनीले क्रसफायर ट्रायाकर २५० को मूल्य पनि घटाएको छ । जसमा यसअघि ४ लाख १० हजार रुपैयाँमा बिक्री हुँदै आएको यो माेटरसाइकलको मूल्य ३ लाख ७० हजार मुल्य निर्धारण भएको छ ।
यसअघि बजाज डोमिनार ६५ हजार, रोयल इन्फिल्ड डेढ लाख र अन्य बेनेली लगायतका मोटरसाइकलको ६० देखि ८० हजार रुपैयाँसम्म मुल्य घटेको थियाे । क्रसफायर नेपालका अनुसार यो नयाँ मुल्यसूची जेठ २२ गतेदेखि लागु हुने जनाएको छ ।