बैंकहरुले कर्जाको स्थिर ब्याजदर पनि घटाए, परिवर्तन नहुने गरी १० प्रतिशत ब्याजदरमै कर्जा, कर्जा दिन चल्न थाल्यो प्रतिस्पर्धा

Jun 06, 2023 07:01 PM Merolagani

ब्याजदर घट्दो ट्रेण्डमा गएपछि बैंकहरुले कर्जाको स्थिर ब्याजदर समेत घटाउन थालेका छन्। अहिले केहि बैंकहरुले घर कर्जाको स्थिर ब्याजदर १० प्रतिशतमा झारेका छन्।

नविल बैंकले सात वर्षसम्मको लागि १०.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने नयाँ स्किम ल्याएको छ। यसअघि बैंकले प्रकाशित गरेको सूचनामा ५ वर्षसम्मको स्थिर घर कर्जाको ब्याजदर १३.४९ प्रतिशत तोकिएको थियो। ब्याजदर घट्दो क्रममा गएपछि बैंकहरुले स्थिर ब्याजदर पनि घटाएका हुन्।

# एनआइसी एशिया बैंकले पनि गत माघमा १५.९९ प्रतिशत पु-याएको स्थिर ब्याजदर अहिले १४.९९ प्रतिशत कायम गरेको छ। ग्लोबल आइएमई बैंकले जेठदेखि कर्जाको स्थिर ब्याजदर ०.४९ प्रतिशत विन्दुले घटाएको छ। सिद्धार्थ बैंकले पनि चैत यता कर्जाको स्थिर ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ। लक्ष्मी बैंकले पनि कर्जाको स्थिर ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ। सानिमा बैंकले पनि फागुन यता यस्तो ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थानलाई कर्जामा स्थिर र परिवर्तनीय दुबै ब्याजदर प्रकाशित गर्न निर्देशन दिएको छ। सोहि अनुसार पछिल्लो समय बैंकहरुले स्थिर र परिवर्तनीय गरी दुई किसिमका ब्याजदर प्रकाशित गर्ने गरेका छन्। स्थिर ब्याजदर कर्जा अवधिभर घटबढ गर्न पाइदैन।

  • घर कर्जामा जोड दिँदै

बैंकहरुले अर्थतन्त्रमा माग बढाउन र चलायमान बनाउनको लागि घर कर्जामा जोड दिन थालेका छन्। बैंकहरुले घर कर्जा बढाउँदा सिमेन्ट,इँटा, बालुवा, रडलगायतका उद्योगहरुमा माग बढ्ने र त्यसले गर्दा अर्थतन्त्रमा चलायमान बनाउन सहयोग पुर्याउने भन्दै घर कर्जामा जोड दिन थालेका हुन्।

अहिले नविल बैंक,कुमारी बैंक,एनएमबि बैंक,एभरेष्ट बैंक,प्रभु बैंकलगायतले घरकर्जालाई विशेष जोड दिएर नयाँ स्किम ल्याएका छन्।

बैंकहरुले साढे १० प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर तोकेर घर कर्जाका स्किम ल्याइरहेका छ। घर कर्जामा पनि बैंकहरुको प्रतिस्पर्धा चल्न थालेको छ।

केहि समय अघि प्रभु बैंकले ५ वर्षसम्मका लागि १२.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने योजना ल्याएको थियो सो पश्चात सिद्धार्थ बैंकले ७ वर्षका लागि ११.७५ प्रतिशत ब्याजदरमा कर्जा दिने योजना ल्याएको थियो। कुमारी बैंकले आधार दरमा २ प्रतिशतमा मात्रै प्रिमियम थप गरी कर्जा दिने नयाँ योजना सार्वजनिक गर्यो।

एनएमबी बैंकले प्रतिस्पर्धात्मक रुपमा ११.४९ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि कर्जा दिने गरी नयाँ घरकर्जा योजना सार्वजनिक गरेको छ। सो पश्चात अहिले नविल बैंकले १०.४९ प्रतिशतमानै घर कर्जा दिनेगरी नयाँ योजना ल्याएको छ। उसले परिवर्तन हुने ब्याज समेत आधार दरमा १ प्रतिशत मात्रै प्रिमियम थप गरी कर्जा दिने बताएको छ।

पछिल्लो समय बैंकहरुको निक्षेप बढिरहेको भए पनि कर्जा खासै गएको छैन। जसले गर्दा बैंकहरुसँग पर्याप्त लगानीयोग्य रकम छ। यसले गर्दा उनीहरु कर्जा लगानीको लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।