एप्पलले सार्वजनिक गर्याे सवार्धिक पातलाे ल्यापटप, कति पर्छ मूल्य ?

Jun 06, 2023 06:57 PM Merolagani



टेक कम्पनी एप्पलले सोमबार राती आफ्नो वार्षिक डेभलपर्स सम्मेलन - WWDC23 मा १५ इन्चको डिस्प्ले भएको विश्वको सबैभन्दा पातलो ९११.५ एमएम ल्यापटप म्याकबुक एयर सार्वजनिक गरेको छ ।

यसको प्रारम्भिक मूल्य एक हजार २९९ डलर ताेकिएकाे छ।

जुन ९ सम्म चल्ने आफ्नो सम्मेलनमा ल्यापटप बाहेक एप्पलले थप तीन वटा उत्पादन ल्याएको छ । यसमा मिक्स्ड रियालिटी हेडसेट भिजन प्रो, डेस्कटप म्याक प्रो र स्टुडियो समावेश छ। यस बाहेक एप्पलले आफ्नो अपरेटिङ सिस्टम आईओएस १७ को फिचर पनि सार्वजनिक गरेको छ ।

एप्पलका चार लन्च भएका उत्पादनहरू र सफ्टवेयर अपडेटहरू यस्ता छन् :

१. म्याकबुक एयर १५ इन्च

विश्वको सबैभन्दा पातलो १५ इन्चको ल्यापटप भारतमा १.३४ लाख भारतीय रुपैयाँमा पाइने भएकाे छ । यसमा १८ घण्टा ब्याकअप ब्याट्री छ। यो मिडनाइट, स्टारलाइट, सिल्भर र स्पेस ग्रे गरी चार रंगमा उपलब्ध छ। नयाँ म्याकबुकको स्पेसिफिकेशन्स १३ इन्चको म्याकबुक एयर एम २ सँग मिल्दोजुल्दो छ। जस्तै ३.५ एमएम हेडफोन ज्याक सहित म्यागसेफ चार्जिङ, दुई थन्डरबोल्ट पोर्ट आदि।

२. आँखाकाे इशाराद्वारा काम गरिने 'भिजन प्रो'

यो कम्पनीको पहिलो मिक्स्ड रिलालिटी हेडसेट भिजन प्रो हो। तीन हजार ४९९ डलर पर्ने एप्पल भिजन प्रो आँउदाे वर्षको सुरुवातमा अमेरिकामा उपलब्ध हुनेछ। यो भारतमा कहिलेसम्म उपलब्ध हुन्छ भन्ने बारे कम्पनीले जानकारी दिएको छैन । यो हेडसेट आँखाको रेटिना र हातको चालबाट सञ्चालन हुन्छ।

यो उपकरण बनाउन कम्पनीले विगत ७ वर्षदेखि काम गरिरहेको थियो । सीईओ टिम कुकले एप्पल भिजन प्रोलाई नयाँ सुरुवातको रुपमा व्याख्या गरेका छन् । भिजन प्रो लगाएपछि प्रयोगकर्ताहरूले भर्चुअल स्पेसमा आफ्ना फोटो र भिडियोहरू स्क्रोल गर्न सक्ने कम्पनीले जनाएको छ।

यसैगरी, थ्रीडी चलचित्रहरू हेर्न र खेलहरू खेल्न सकिनेछ। एप्पलको कार्यक्रममा, डिज्नीका सीईओ बब इगोरले डिज्नी प्लसमा पहिले देखि नै भिजन प्रोमा देखिने सामग्री उपलब्ध भएकाे बताए।

४. म्याक प्रो र म्याक स्टुडियो डेस्कटपहरू

एप्पलले एम २ अल्ट्रा चिपसेट सहितको दुई नयाँ डेस्कटप 'म्याक प्रो' र 'म्याक स्टुडियो' पनि लन्च गरेको छ। नयाँ म्याक प्रो इंटेल आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो छ। नयाँ म्याक प्रो ६४ जीबी र १२८ जीबी युनिफाइड मेमोरी विकल्पहरूसँग आउँदछ। यसमा १ टिबी एसएसडी भण्डारण पनि रहेकाे छ। यस डेस्कटपको फ्रेम स्टेनलेस स्टीलबाट बनेको छ। कनेक्टिभिटीका लागि यसमा वाइफाइ ६ इ र ब्लुटुथ ५.३ दिइएको छ। भारतमा यसको प्रारम्भिक मूल्य ७.२९ लाख रुपैयाँ निर्धारण गरिएकाे छ।

एकै समयमा, म्याक स्टुडियो डेस्कटप दुई संस्करणहरू लन्च गरिएको छ। यसको बेस भेरियन्ट भारतमा २.०९ लाख भारतीय रुपैयाँमा किन्न सकिन्छ भने टप भेरियन्ट ४.१९ लाख भारतीय  रुपैयाँमा किन्न सकिन्छ। यसमा १२ र २४ कोर सीपीयू, ३० र ६० कोर जीपीयू, १६ र ३२ कोर न्यूक्लियर इन्जिन छन्।

सफ्टवेयर अपडेट के के भए ?

आईओएस १७मा धेरै नयाँ सुविधाहरू उपलब्ध

एप्पलले आईओएस १७ को फिचर्स सार्वजनिक गरेको छ । आईओएस १७ मा लाइभ भ्वाइस मेल ट्रान्सक्रिप्शन, फेसटाइम मेसेजहरू रेकर्ड गर्ने क्षमता, पर्सनलाइज्ड कन्टेन्ट जस्ता फिचरहरू प्राप्त गरिनेछ। प्रयोगकर्ताहरूले फेसटाइम एप मार्फत रेकर्ड गरिएका भिडियो मेसेजहरू पठाउन सक्नेछन्। यससँगै अब ‘हे सिरी’ को सट्टा ‘सिरी’ भन्दै भ्वाइस कमाण्ड सुविधा प्रयोग गर्न सकिनेछ ।

एयर ड्रप पनि भयाे अपडेट 

एप्पलले एयरड्रप पनि अपडेट गरेको छ। यसमा नयाँ नेम ड्रप फिचर पाइनेछ, जसले गर्दा  सजिलैसँग डिभाइस नजिक ल्याएर फाइलहरू सार्न सकिनेछ। एउटा आईफोनलाई अर्को आईफोन वा एप्पल वाच मोडेलसँग पेयर पनि गर्न सकिन्छ।

सफारी संसारको सबैभन्दा छिटो ब्राउजर 

WWDC23 कार्यक्रममा, एप्पलले सफारी ब्राउजरलाई संसारको सबैभन्दा छिटो ब्राउजर भएकाे बताएकाे छ। कम्पनीले प्रोफाइलहरू थप्ने सुविधा भएकाे धेरै नयाँ अपडेटहरू दिएको छ। यस सुविधामा प्रत्येक प्रोफाइलकोलागि अलग कुकीज, ट्याब ग्रुप, फेवरेट, सर्च हिस्ट्री हुनेछ।

आईफोन प्रयोगकर्ताहरूले जर्नल एप पाउने

आईफोन प्रयोगकर्ताहरूले यस वर्षको अन्त्यसम्ममा नयाँ जर्नल एप पाउनेछन्। यसमा प्रयोगकर्ताहरूले दैनिक दिनचर्या, संगीत, फोटो, स्थान र गतिविधिबारे लेख्न सक्नेछन्।

एजेन्सी ।