नयाँ सिट्रोन ई-सी३ को बुकिङ सुरु

Jun 06, 2023 08:10 PM Merolagani



नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। सिट्रोन ई-सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो ।

५७ पीएसको इलेक्ट्रिक मोटर र १४३ एनएमको टर्क सहितको ई–सी३ इन्जिनले ड्राइभिङको अनुभव प्रदान गर्दछ । उच्च हाई - डेन्सिटी लिथियम आयन ब्याट्री भएकाे ई-सी ३ले ३२० किलोमिटर सम्मकाे रेञ्ज दिन्छ। ई–सी३ मा १००% डीसी फास्ट चार्जिंग हुन्छ ।

कति पर्छ ?

नयाँ सिट्रोन ई-सी३ लाईभ ३२ लाख ९९ हजार रूपैयाँ पर्दछ भने  ई-सी३ फील विथ पयाक भाईभ ३४ लाख ९९ हजार रूपैयाँ पर्ने कम्पनीले जनाएकाे छ ।

ई–सी३ विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यका लगायत नेपालका सात प्रमुख शहरहरुमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुमहरुमा बुकिङका लागि उपलब्ध हुनेछ ।