सुनको भाउ निरन्तर दोश्रो दिन वृद्धि,चाँदी भने स्थिर

Jun 07, 2023 12:31 PM Merolagani

सुनको भाउ निरन्तर दोश्रो दिन वृद्धि भएको छ । जेठ २४ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदीको भाउ पनि यस दिन स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ पुगेको छ । मंगलबार पनि सुनको भाउ महंगिएको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो ।

बुधबार चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै भाउ अर्थात् प्रतितोला एक हजार ४२० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य बढेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।