‘३४ओटा साझाका बिद्युतीय थन्किए,बस गुड्न तयार छ तर,चार्जिङ स्टेशन छैन’

Jun 07, 2023 12:48 PM Merolagani



रास्वपाका सांसद असीम शाहाले साझा यातायात मार्फत सरकारले ल्याएको ३४ ओटा विद्युतीय बस थन्किएर बसेको भन्दै विरोध जनाएका छन । उनले ती बसलाई तत्काल सञ्चालनमा ल्याउन ल्याउन माग गर्दै सरकारलाई ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा मात्रै सञ्चालनमा बताए ।

‘अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको छ। बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन, बस गुड्न तयार छ तर, रुट परमिट छैन’ शाहले भने ।

उनले थपे ‘सर्वसाधारण दिनहुँ कोचिएर थोत्रो बसमा यात्रा गर्न बाध्य छन्। तर, हामी सफा सुविधा सम्पन्न विद्युतीय बसलाई थन्काएर राखिरहेका छौँ। कतै हामीले माल पाएर चाल नपाएको पो नपाएको हो कि ?’