एलआईसी नेपालको बोनस दर सार्वजनिक, बीमितले ६४ रुपैयाँसम्म बोनस पाउने

Jun 08, 2023 12:04 PM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (LICN) ले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनस पाउने छन ।

यस्तै रुपान्तरित सावधिक जीवन बीमामा न्युनतम ३९ रुपैयाँदेखि ४९ रुपैयाँ, बाल सावधिक जीवन बीमामा न्युततम ५१ रुपैयाँदेखि ६४ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ५५ रुपैयाँ, धनफिर्ता योजनामा न्युनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँ र बाल सावधिक अग्रिम भुक्तानी योजनामा न्युनतम ५५ रुपैयाँ देखि ६० रुपैयाँ बोनस पाउनेछन् ।

यसैगरी आजीवन बीमामा न्युनतम ५२ रुपैयाँदेखि ६२ रुपैयाँसम्म र एकल बीमाशुल्क भुक्तानी योजनामा न्युनतम ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बीमितले बोनस पाउने छन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।