प्रमाणपत्र पाउनेमा कलश स्टक मार्केट प्रा.ली.,एलिट स्टक हाउस ली.,इन्फिनिटी सेक्युरिटिज ली.,इन्डेक्स सेक्यूरिटिज ली.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट ली.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.ली.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. ली.,माछापुच्छ्रे, सेक्युरिटिज ली.,के .वि. एल. सेक्यूरिटिज ली. र नबिल सेक्युरिटिज ली. छन्।
यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो। लाइसेन्स पाएकाहरूले सदस्यताको लागि नेप्सेमा निवेदन समेत दिइसकेका छन्। निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड छन्।
हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन्। ५० वटा धितोपत्र ब्रोकरका ८४ शाखाले अनुमति प्राप्त गरिसकेका छन्। कुल मुलुकभर मुख्य कार्यालय र शाखा गरेर १३९ ले सेवा प्रवाह गर्ने छन्। थपिन लागेका ४३ वटा समेत जोड्ने हो भने आउने दिनमा १७७ कार्यालयबाट लगानीकर्ताले ब्रोकरेज सेवा पाउने छन्।