सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Jun 08, 2023 01:55 PM Merolagani



जेठ २५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटि होटल (CITY) को आईपीओ सूचीकृत भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि निष्काशन गरि बाँडफाँट गरेको र संस्थापक शेयरधनीहरुहरुको शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस दिन नेप्सेमा कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। त्यसैगरी, कम्पनलाई सिआईटिवाई स्टक टिकर प्रदान गरिएको छ।

आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।