आरविआइले गर्यो ब्याजदर नबढाउने निर्णय, महंगी ४ प्रतिशतमा सिमित रहने

Jun 08, 2023 03:36 PM Merolagani

भारतिय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले ब्याजदर नबढाउने निर्णय गरेको छ। बिहीबार मौद्रिक नीति समितिले रिपो रेट यथावत राख्ने निर्णय गरेको हो।

अहिले आरबीआइको रिपो रेट ६.५ प्रतिशत छ। सन् २०२२ मेदेखि आरविआइले रिपो रेट बढाउदै आएको थियो भने यसअघिको मौद्रिक नीति समितिको बैठकले पनि रिपोरेट नबढाउने निर्णय गरेको थियाे। आरविआइले रिपो रेट स्थिर राखेको दोस्रो पटक हो। केन्द्रिय बैंकले २.५ प्रतिशत विन्दु रिपो रेट बढाएको छ।

भारतमा महँगी भने ४ प्रतिशत माथि रहने आरविआइले जनाएको छ।। महंगी नियन्त्रण गर्न विश्वका अन्य देशहरुले जस्तै भारतिय रिजर्भ बैंकले पनि रिपो रेट बढाउदै लगेको थियो। अहिले अन्य विकशित देशका केन्द्रिय बैंकले पनि ब्याजदर बढाउन छोडिसकेका छन्। रिपो रेट नबढ्दा कर्जाको ब्याजदर समेत बढ्ने छैन।

समितिले चालु आर्थिक भारतको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने अनुमान गरेको छ।

नेपालमा नेपाल राष्ट्र बैंकले गत माघदेखि नै नीतिगत दरलाई घटाउन सुरु गरेको छ। तेस्रो त्रैमासिक समिक्षमा भने केन्द्रिय बैंकले नीतिगत दर नघटाई बैंकदर मात्र घटाएको छ।

अहिले विश्वभरीकै केन्द्रिय बैंकहरुले ब्याजदर घटाउनेतर्फ लागेका छन्। जसले गर्दा ब्याजदर घट्दो क्रममा जाने देखिएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।