मनकामना दरौंदी हाइड्रोपावरको शेयर खरिद नगर्न सेबोनको आग्रह

Jun 08, 2023 05:05 PM Merolagani

नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले मनकामना दरौंदी हाइड्रोपावरको शेयर खरिद नगर्न आग्रह गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि बोर्डमा आवेदन नदिएको भन्दै शेयर खरिद नगर्न आग्रह गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।

तर कम्पनीले उक्त व्यवस्था विपरित बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरी शेयरमा आवेदन दिन आह्वान गरेको थियो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले न्युनतम ५०० कित्ताको लागि आवेदन दिन सूचना निकालेको थियो ।

उक्त सूचना धितोपत्र सूचना ऐन विपरित रहेको बोर्डको भनाई छ । बोर्डको बिना स्वीकृति नेपालमा धितोपत्र निष्काशन गर्ने कार्य गैर कानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्ययवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने जनाएको छ ।

बोर्डले कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्काशनमा मात्रै लगानी गर्न अनुरोध गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।