नेशनल लाइफका बीमितले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट पाउने

Jun 09, 2023 11:21 AM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क(ब्याज)छुट पाउने भएका हुन् ।

कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण २०७६ चैत २ गते देखि हालसम्म व्यतित भएका बीमालेखहरु २०८० असार १५ गते भित्र पुर्नजगरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।

यस्तै कम्पनीले २०७३ चैत २ गतेदेखि २०७६ चैत १ गतेसम्म व्यतित भएको बीमालेखहरुको ७५ प्रतिशत र अन्तिम शुल्क भुक्तानी गरेको मितिबाट २०७३ चैत १ गतेसम्म व्यतित भएको बीमालेखहरु नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ६० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले पुर्जागरण मितिले २ वर्ष भित्र अवधि समाप्ती हुने बीमालेखहरुको हकमा विलम्ब शुल्क छुटको सुविधा नभएको जनाएको छ । यस्तै विलम्ब शुल्क(ब्याज) छुट बीमा अवधिभरि एक पटक मात्र पाईने कम्पनीले जनाएको छ । यस सम्बन्धी अन्य जानकारी लिनु परेमा कमपनीको शाखा/उपशाखा तथा अभिकर्तासँग सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।