सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Jun 09, 2023 11:23 AM Merolagani



जेठ २६ गते, शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि यस दिन उच्च वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन पनि घटेर प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । चाँदी प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४५५ रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।