सिमरामा सबैभन्दा बढी गर्मी, तराइमा तापक्रम केही दिन नघट्ने

Jun 09, 2023 01:22 PM Merolagani

पछिल्लाे केहि दिनयता अत्याधिक गर्मी भइरहेकाे छ । यहिँ क्रमलाई निरन्तरता दिँदै देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । साेहि कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था रहेकाे महाशाखाकाे भनाइ छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

हिजाे अर्थात् बिहीबार सबैभन्दा बढी तापक्रम सिमरामा रहेकाे महाशाखाले जनाएकाे छ । सिमरामा हिजाे दिउँसाेसम्म ४२.६ डिग्री सेल्सियस मापन गरिएकाे थियाे । यसैगरी, भैरहवा र जनकपुरमा ४२.४ डिग्री सेल्सियस र  नेपालगञ्जमा अधिकतम तापक्रम ४१.८ र विराटनगरमा ४१.५ रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

महासंघका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैले, अत्याधिक गर्मी तथा मेघ-गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ। 

आगामी २ दिनकाे माैसमी अवस्था यस्ताे

महाशाखाका अनुसार आगामी २ दिन पनि माैसमकाे अवस्था यस्तै रहिरहनेछ । भाेली अथवा शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी, आइतवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।