नेशनल माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Jun 09, 2023 01:33 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार लघुवित्तको ८ लाख ८० हजार १२.४६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।