सुनचाँदी व्यवसायीहरू आन्दोलनमा जाने, पहिलो चरणमा कोटाको सुन नउठाउने

Jun 09, 2023 02:04 PM merolagani

सुनचाँदी व्यवसायी आन्दोलनमा जाने भएका छन्। सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा उनीहरु आन्दोलनमा जाने भएका हुन्।

आगामी आर्थिक बर्षको बजेटमा सुनमा लग्दै आएको भन्सार दर ५० प्रतिशतले बढाइएको थियो। यस अघि सुन आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको थियो। तर बजेटले उक्त दर बढाएर १५ प्रतिशत पुर्याएको छ। जुन ५० प्रतिशत हो। अझै सरकारले थप दुई प्रतिशत कर सुनमा थपेको छ। लक्जरी कर भन्दै दुई प्रतिशत कर थपेको हो।

कसैले १० बर्ष अघि सुन किनेको र त्यसलाइ आजको मूल्यमा बेच्दा आएको नाफामा सरकारले अब देखि दुई प्रतिशत लक्जरी कर भन्दै लिने छ। जुन पुराना गरगहना बेच्दा आएको पैसमा समेत अब कर लाग्ने नीति सरकारले अघि सारेको छ। जसले गर्दा अब समग्रमा सुनमा १७ प्रतिशत कर लाग्ने छ। त्यसको प्रभाव समग्र सुन बजारमा देखिने भन्दै सुन व्यवसायी आन्दोलनमा जान लागेका हुन्। उनीहरुले चरणबद्द आन्दोलन गर्ने जनाएका छन्। “करको बिरोधमा हामी चरणबद्द आन्दोलनमा जाँदै छौ”नेपाल सुनचाँदी व्यवसायी महासंघका एक पदाधिकारीले मेरो लगानीसँग भने।

उनका अनुसार व्यवसायीले पहिलो चरणमा पाउँदै आएको सुनको कोटा नउठाउने भएका छन्। जसले  बजारमा सुन अभाव हुने छ। व्यवसायीले आफैले सुन ल्याउन पाउँदैनन्। बैंकहरुले मात्रै सुन आयात गर्न पाउछन्। बैंकहरुले पनि निश्चित कोटामा मात्रै सुन आयात गर्न पाउँछन्। जसलाइ दैनिक वितरण गर्ने गरिन्छ। सोहि कोटामा तोकिएको सुन नकिन्ने व्यवसायीको भनाई हो।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।