प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न सर्वाेच्चकाे आदेश

Jun 09, 2023 03:47 PM MEROLAGANI



सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।

नाबालकलाई तत्कालीन माओजादीले बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकाल्नु युद्ध अपराध गरेको भन्दै लेलिन विष्टले प्रचण्डलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । बिष्ट पूर्व लडाकु हुन् ।सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै उनको रिट दरपीठ गरेको थियो।

फेरि दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।