नबिल इन्भेष्टमेन्ट बैकिङले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने

Jun 12, 2023 09:45 PM Merolagani



नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड(NabilInvestmentBanking)ले यूनाइटेड अजोड इन्स्योरेन्स(UAIL)को शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरूवात गरेका थिए।

यस सँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।