नेप्सेले यस दिन फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३५४ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार फाइनान्सको शेयर दोस्रो बजारमा ३७७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा फाइनान्सको शेयर कारोबार खुल्नेछ।
फाइनान्सले असार ३१ गते, स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।