सगरमाथा लुम्बिनीको बीमाशुल्क साढे ४ अर्ब माथि, ३ अर्बको दाबी भुक्तानी

Jul 18, 2023 05:16 PM Merolagani



गत आर्थिक वर्षको असार मसान्तसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ लाख ११ हजार ३५८ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको) को चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम २ अर्ब ५० करोड रुपैयाँ भन्दा १२ करोड रुपैयाँले बढी हो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै कम्पनीको नेट वर्थ पनि ५ अर्ब ९० करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीको ११३ वटा शाखा कार्यालयहरुमा ६३७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स २८ औं वर्षमा प्रबेश गरेको छ । आज साउन ३ गतेदेखि कम्पनीले २७ औं वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको हो ।




comments powered by Disqus