सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १४ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो।