पाण्डेले केही दिनअघि प्राइम टेलिभिजनलाई दिएकाे अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारप्रति गरिएकाे टिप्पणीकाे विराेध भएकाे थियाे । उक्त टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।
दाजु बहिनीबीचकाे विवाह भन्दै उनले गरेकाे टिप्पणीका कारण तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दबाब दिँदै आएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । हाल उनकाे बयान लिइरहेको छ ।