एनआईसी एशिया बैंकको ईपीएस वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै, नाफा कति?

Aug 06, 2023 05:49 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी, हाल सञ्चालनमा रहेको वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ। यो २० वटै वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो। यसपश्चात स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएस ३७ रुपैयाँ ३८ पैसा रहेको छ।

चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो।

बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा २ खर्ब ७१ अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १४ अर्ब पुर्याउन सफल भएको छ। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल अर्थात आरओई १७.०७ प्रतिशत रहेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।