सातामा १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 12, 2023 06:28 AM Merolagani



यस साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन २०८९.८४ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१४ प्रतिशत अर्थात २३.७९ अंक घटेर २०६६.०५ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको पहिलो ३ कारोबार दिन नेप्से बढेको थियो भने बाँकी दुई कारोबार दिन घटेको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ प्रतिशत घटेको छ।

यस साता नेप्से ओरालो लागेपनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब १६ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.३४ प्रतिशत बढेको छ। यस साता दैनिक औषत शेयर संख्या ८.७२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ८२.६३ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ५५९४.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२८.०५ अंक बढेर ५७२२.७४ विन्दुमा पुगेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशत घटेको छ। अंकका आधारमा यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६३.५९ अंक घटेको छ।

यस साता ८ कम्पनीको कुल १४ करोड १९ लाख २१ हजार ३४६.०७ कित्ता शेयर खरिदबिक्री भएको छ। यस साता तीन कम्पनीको मर्जरपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो भने एक म्युचुअल फण्ड र एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। त्यसैगरी, यस साता तीन कम्पनीको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको छ।

यस साता इमर्जीङ्ग नेपालको शेयरमूल्य सर्वाधिक ११.२४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ७ प्रतिशतभन्दा कम रहेको छ। त्यस्तै, यस साता एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १०.२१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ग्रीन डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक लगायतका स्टक मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, यस साता सानिमा इक्विटी फण्ड, एनआईबिएल समृद्धि फण्ड २, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।