प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपश्चात फण्डको इकाईमूल्य ८ रुपैयाँ २० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा फण्डको इकाई प्रतिकित्ता ९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन फण्डको इकाई कारोबार खुल्नेछ।