माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Sep 10, 2023 10:44 AM Merolagani



भदौ २४ गते, आइतबार माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।