दुई दिनको वृद्धिपछि पुनः ओरालो लाग्यो नेप्से

Sep 12, 2023 03:13 PM Merolagani

साताको पहिलो दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से, मंगलबार भने घटेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस साताको पहिलो दुई कारोबार दिन बढेको थियो।

यस साताका दुई कारोबार दिनमा नेप्से परिसूचक साढे ४४ अंक बढेको थियो। दुई दिनको वृद्धिपछि यस दिन भने नेप्से परिसूचक १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको २६ हजार ३०२ पटकको कारोबारमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेप्से घटेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको सुपरमादी हाइड्रोपावरको शेयरमूल्य ७.२२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल एसबिआई शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्को ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।