४० लाख तलका इभि गाडीमा झुम्मिए उपभोक्ता, तीन दिनमा ६ सय बढी गाडी बुकिङ्

Sep 14, 2023 06:19 PM Merolagani



तीन दिनदेखि जारी नाडा अटोशोमा ६ सय बढी गाडी बुकिङ भएको छ । गत मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा इन्धनका केहि नयाँ मोडल बाहेक अधिकांश अवलोकनकर्ताको सोधपुछ विद्युतीय गाडीमै रहेको आयोजकले बताएको छ ।

कम्बसन तर्फ सुजुकी जिम्नी, फोनिक्स, निसान म्याग्नाइट तर्फ धेरै भिडभाड छ । त्यस्तै विद्युतीय तर्फ बिवाईडी, सेरेस, टाटामा सबैभन्दा बढी ग्राहक झुमिएका छन् ।

नाडा अटाशोका संयोजक अनुपकुमार बरालले तीन दिनमा करिब ६ सय प्लस गाडी बुकिङ भएको जनकारी दिए । ‘अनुमानित डेटा अनुसार ६ सय हाराहारी इभि र कम्बसन गाडी ग्राहकले बुकिङ गरेको तथ्याङ्क आएको छ’ उनले भने । स्टल अनुसार बुझ्दा बिवाईडी डल्फिन र एटोथ्रि डेढसय हाराहारी बुकिङ भएको छ । त्यस्तै सेरेस १८० ओटा बुकिङ भइसकेको छ । 

नाडा अटोशोको हटकेक मानिएका गाडीको बिक्री र बुकिङ थेगिनसक्नु रहेको अयोजकले जनाएको छ । टाटा टियागो इभिको स्टलमा सबैभन्दा बढी भिडभाड रहेको छ ।

२२ लाख सुरुवाती मुल्य सहित ल्याएको टियागोमा अत्याधिक बुकिङ रहेको कम्पनीले जनाएको छ । यद्दपी एकिन तथ्याङक भने उपलब्ध गराएन ।

नाडा अटोशोको भिडभाड अनुसार बिवाईडी डल्फिन पनि उपभोक्ताले रुचाएको देखिन्छ । ३९ लाख मूल्य तोकेर प्रदर्शन गरिरहेको बिवाईडी डल्फिन कम्पनीको सबैभन्दा सस्तो गाडी हो । यीमध्य नेटा भी, एमजी र ओरालगायतका ब्रान्डमा मानिसको भिड धेरै छ ।

त्यसैगरी दुई पाँग्रे तर्फ विद्युतीय स्कुटरमो सोधपुच्छ धेरै भएपनि खरिद गर्ने कम रहेको व्यवसायी बताउँछन । त्यस बाहेक रोयल इन्फिल्डमा दैनिक चारदेखि पाँच सय भिजिटर आउने गरेका छन् भने टिभिएसमा पनि भिडभाड धेरै छ ।

नाडा अध्यक्ष ध्रुव थापाले नसोचेको भिडभाड भएको बताए । ‘हामीले यति धेरै गाडीको बिषयमा चासो होला भन्ने सोचेको थिइन तर, उपस्थिति धेरै छ,’ उनले भने । थापाले अटोशोले अटो बजार चलाएमान हुने देखिएको बताए ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।