सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने

Sep 14, 2023 05:51 PM Merolagani



सानिमा बैंक(SANIMA)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश दिने भएको हो।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

भदौ २८ दिउँसो ४ बजे बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई उक्त निर्णय गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश  वितरण हुनेछ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।