सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने

Sep 14, 2023 05:51 PM Merolagani



सानिमा बैंक(SANIMA)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश दिने भएको हो।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

भदौ २८ दिउँसो ४ बजे बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई उक्त निर्णय गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश  वितरण हुनेछ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।