आईपीओ निष्काशन प्रस्ताव पारित गर्न सेवा हाइड्रोले बोलायो साधारण सभा

Sep 15, 2023 10:33 AM Merolagani



सेवा हाइड्रो लिमिटेड कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न असोज २० गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय, थापागाँउ, बानेश्वरमा दिउँसो ११ बजे सभा बोलाएको हो।

सभाले कम्पनीको प्रमोटर र पब्लिक संरचना परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई बाँडफाँट गर्ने, शेयरको सार्वजनिक निष्काशनपश्चात प्राप्त हुने कुल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकत गर्ने, लगायतका प्रस्तावहरु पारित गर्नेछ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।