सिन्धु विकास बैंकको कम्पनी विश्लेषण

Sep 16, 2023 07:07 PM Merolagani



यस साता विकास बैंक उपसमूहको परिसूचक ४.४३ प्रतिशत बढेको छ। गत साता ३६४५.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६१.६१ अंक बढेर ३८०७.०६ विन्दुमा पुगेको छ।

यसै उपसमूहको एक बैंक हो सिन्धु विकास बैंक (SINDU)।

बैंकको शेयरमूल्य यस साता १८ रुपैयाँ ५० बढेको छ। गत साता २३८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता २५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

‘पर्ख र हेर’ को अवस्थामा

यस साता बैंकको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी साता बैंकको शेयरमूल्य उकालो लागेमा २६५ देखि २७५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २२५ देखि २३५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन बैंकको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

बैंकको शेयरमूल्यसँगै यस साता भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा बैंकको ४ हजार ७५१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ३ हजार ३१३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४३ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

यस साता बैंकको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेको छ। यसलाई बुलिश क्रशओभर भनिन्छ। यसले आगामी दिनमा बैंकको शेयरमूल्य बढ्ने संकेत गर्दछ। यद्यपि, यो क्रशओभर नकारात्मक क्षेत्रमा रहेको छ। त्यसैले यसलाई बलियो संकेतको रुपमा लिन सकिँदैन। यस साताको अन्तिम दुई कारोबार दिन बैंकको हिस्टोग्राम सकारात्मक क्षेत्रमा पुगेको छ।

बिक्रीचाप बढी

यस साता बैंकको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेकोसंकेत गर्दछ।

वित्तीय विश्लेषण

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ करोड ३४ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ करोड ८१ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा उच्च दरले बढेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ करोड ७५ लाख रुपैयाँबाट बढेर १८ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी १९ करोड १ लाख रुपैयाँबाट बढेर २० करोड ८० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.९२ प्रतिशतबाट बढेर १.३४ प्रतिशत पुगेको छ। यससँगै बैंकको इम्पेरमेन्ट चार्ज १ करोड २६ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको नाफा घट्न पुगेको हो।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ७३ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ७२ लाख रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ करोड ५ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ४० पैसा रहेको छ भने बैंकको बुकभ्यालु ११२ रुपैयाँ ६६ पैसा रहेको छ। त्यसैगरी, साताको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १०७.०८ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.२८ गुणा रहेको छ। बैंकको आरओई २.१३ प्रतिशत रहेको छ।

आधारभूत विश्लेषण

नेप्सेमा हाल ५५ लाख ७४ हजार ५६०.६७ कित्ता शेयर सूचीकृत रहेको यस बैंकको गत बिहीबार २५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार बैंकको कुल बजार पूँजीकरण १ अर्ब ४३ करोड २६ लाख ६२ हजार ९२ रुपैयाँ १९ पैसा रहेको छ। बैंकको पछिल्लो १८० दिनेको औषत मूल्य २६० रुपैयाँ ८८ पैसा रहेको छ। त्यसैगरी, पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३३६ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२७ रुपैयाँ ७० पैसा रहेको छ।

ब्रोकर ५२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५२ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको २ हजार ९४५ कित्ता शेयर खरिद गरेको हो। त्यसैगरी, ब्रोकर नम्बर ४५ ले २ हजार ६२० कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ५५ ले बैंकको सबैभन्दा धेरै २ हजार ५० कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य घट्छ कि भन्ने डरमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।